कन्चन्पुर
हिन्दु परम्परामा गंगालाई अत्यन्तै पवित्र र मुक्तिदायिनी नदीका रूपमा मानिन्छ। गंगा स्नान र गंगाको पूजा–अर्चनाले जन्मजन्मान्तरका पाप नष्ट हुने धार्मिक विश्वास रहँदै आएको छ। यही धार्मिक आस्थालाई निरन्तरता दिँदै बैतडी जिल्लामा अवस्थित प्रसिद्ध ईश्वरीगंगा धाममा यही मिति २०८२ साल माघ १ गते विशेष स्नान कार्यक्रम आयोजना गरिने भएको छ।
हिन्दु सम्प्रदायमा नित्य गंगा स्नानलाई विशेष महत्वका साथ हेरिन्छ। विभिन्न समस्या र अशुलभताका कारण दैनिक रूपमा गंगा स्नान गर्न नसके पनि हिन्दु धर्मका विविध संस्कार तथा संस्कृतिमा गंगा स्नान अनिवार्यजस्तै मानिन्छ। जन्मदेखि मृत्युसम्मका संस्कारमा गंगाजलको प्रयोग हुने परम्परा रहिआएको छ।
डोट्याली लोक समुदायमा पनि विशेष पूजा, मनोकामना पूर्ति तथा धार्मिक लाभका लागि गंगाजल ल्याई मन्दिरको गर्भगृहमा रहेको प्राकृतिक शिला तथा मूर्तिमा जल चढाउने चलन रहेको छ। व...
(कञ्चनपुर)
नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको छैठौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन २०८२ साल पौष १९ गते धनगढीमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।
अधिवेशनबाट भूपेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। उपाध्यक्षमा रामबहादुर कुँवर, सचिवमा हर्कबहादुर चन्द, सहसचिवमा डम्बरबहादुर चन्द, कोषाध्यक्षमा बिमला देवी सिंह र सह–कोषाध्यक्षमा गणेश विष्ट चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा इन्द्रप्रसाद देवकोटा, डम्मरा दियाकोटी, भागरथी कार्की, ओमप्रसाद पौडेल र धर्मेन्द्र गुप्ता चयन भएका छन्अधिवेशनमा सहभागी वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सुदूरपश्चिम प्रदेशमा दुग्ध क्षेत्रको संस्थागत विकास, किसानको हित संरक्षण तथा डेरी उद्योग विस्तारमा सक्रिय भूमिका निर...
कंचनपुर
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एन–प्याब्सन) सुदूरपश्चिम प्रदेशको प्रदेश अधिवेशन सुरु भएको छ। कैलाली र कञ्चनपुर जिल्लाका निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।
अधिवेशनको अध्यक्षता एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर चन्दले गरेका थिए भने प्रमुख अतिथिका रूपमा एन–प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपाने सहभागी रहेका छन्। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम सिंह मौनी, केन्द्रीय उपाध्यक्ष खनाल, केन्द्रीय सचिव डीडी अवस्थी, पूर्व केन्द्रीय सदस्य प्रजापति नेगी, कैलाली जिल्ला अध्यक्ष ललित साउँद तथा कञ्चनपुर जिल्ला अध्यक्ष सतिश बहादुर चन्दलगायतको उपस्थिति रहेको थियो।
शुभकामना मन्तव्यका कैलालीका अध्यक्ष ललित साउँदले निजी विद्यालयले सहयोग गरेका केही विद्यार्थी संगठनहरू नै पछिल्लो समय निजी विद्यालयविरुद्ध उत्...
कञ्चनपुर ।
सानै उमेरदेखि व्यापार–व्यवसायमा आबद्ध हुँदै आएका बेदकोट नगरपालिका–९ सुन्दरपुरका प्रदिप पाल हाल संघको कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनी संघको १७औँ कार्य समिति निर्वाचनबाट सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन्।
२०७४ सालमा संघको सदस्यता लिएका पाल प्रदिप ट्रेडर्सका सञ्चालक समेत हुन्। कार्य समिति सदस्यको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछि उनले अब संघको आर्थिक नेतृत्व सम्हाल्ने लक्ष्यसहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
पालको व्यवसायिक यात्रा बाल्यकालमै सुरु भएको हो। उनका बुवा मान सिंह पालको तत्कालीन रौतेली बिचवा गाविसको अण्डैया पटैयामा चिया तथा किराना पसल थियो। पालको जन्म पनि सोही स्थानमा भएको हो।
“बुवाको चिया र किराना पसल गाउँमै थियो, म त्यहीँबाट व्यवसायमा जोडिएको हुँ। १० वर्षको उमेरमै चिया बेच्न थालेको थिएँ,” पाल भन्छन्।
शुक्लाफाँटा राष्ट्रिय निकु...
कंचनपुर
महेन्द्रनगर । भीमदत्त नगरपालिकाद्वारा आयोजित नगरस्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु विधामा पदक गणनालाई लिएर विवाद चुलिएको छ।
प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालयले उसु विधामा सबैभन्दा बढी पदक जिते पनि ती पदकहरू पदक तालिकामा समावेश नगरिएको भन्दै विद्यालय पक्षले आपत्ति जनाएको छ। सचिवालयले प्रतिस्पर्धा पर्याप्त नभएको कारण देखाउँदै उसुका पदक गणना नहुने जनाएको छ, जसपछि विवाद सार्वजनिक भएको हो।
गत वर्ष १५ औँ राष्ट्रपति रनिङ शिल्डमा पनि बैजनाथ माविले सबैभन्दा बढी पदक जितेर शिल्ड पाएको थियो। तर प्रतिस्पर्धी विद्यालय नहुँदा विवाद उत्पन्न भएपछि छ महिनापछि शिल्ड फिर्ता गरिएको थियो। यस वर्ष भने उसुमा ६ विद्यालय सहभागी रहेको विद्यालय पक्षको दाबी छ।
बैजनाथ माविले यस वर्ष उसुमा ९ स्वर्ण र ३ रजत पदक जितेको छ। अ...
कञ्चनपुर
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख श्याम सिंह खड्काको सरुवा भएको छ । करिब एक वर्षसम्म केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेका खड्का पशु विकास निर्देशक (उपसचिव) पदमा बढुवा भई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भएका हुन् ।
खड्काको कार्यकालमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुर वार्षिक कार्यप्रगतिको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट कार्यालयका रूपमा चिनिन सफल भएको थियो । इमानदार र बौद्धिक व्यक्तित्वका रूपमा परिचित खड्काले लगनशीलता र प्रतिबद्धताका साथ आफ्नो एक वर्षे कार्यकाल सफल बनाएका थिए ।उनले कृषकका समस्या सहज रूपमा समाधान गर्नेदेखि कञ्चनपुरमा गौशाला व्यवस्थापनलाई उद्योगको रूपमा विकास गर्ने पहल, भेटेरिनरी अध्ययन गरेका प्राविधिकलाई व्यवसायमा आकर्षित गर्ने कार्यक्रम तथा विपन्न वर्ग लक्षित योजनाहरू सञ्चालन गरे...
महेन्द्रनगर — कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा अवैधरूपमा भारतीय उखु भित्रिन थालेको छ। जिल्लाको बेलौरी नगरपालिका वडा नं. १० शिवनगरस्थित महाकाली सुगर मिलमा भारतीय उखु भित्रिन थालेपछि स्थानीय उखु किसानहरू समस्यामा परेका छन्।
सरकारले भारतीय उखु आयातमा कडाइ गरे पनि कञ्चनपुरमा भने खुलेआम अवैध आयात भइरहेको स्थानीयको गुनासो छ। भारतबाट अवैधरूपमा उखु आयात हुन थालेपछि स्थानीय किसानले आफ्नो उत्पादन मिलमा बेच्न ५–५ दिनसम्म पालो कुर्नुपर्ने बाध्यता आएको उनीहरूको भनाइ छ।
स्थानीय किसानका अनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले यस विषयमा चासो नदिएको मात्र होइन, उनीहरूको मिलेमतोमै भारतीय उखु भित्रिरहेको आशंका गरिएको छ। नाम नखुलाउने सर्तमा एक किसानले भने,
“भारतबाट अवैध उखु भित्रिरहेको छ। अनुदान पाइन्छ भन्दैमा बाहिरबाट उखु ल्याएर स्थानीय किसानलाई हैरान पार्नु हुँदैन। जिल्ला प्रशासन र प्रहर...
कञ्चनपुर:
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै जगबुढा नदीको हिलो र पानीमा फसेको बाघको बच्चाको समयमै उद्धार नहुँदा मृत्यु भएको छ।
स्थानीयका अनुसार बुधबार बिहान बाघको बच्चा बघिनी आमासँगै उक्त क्षेत्रमा देखिएपछि प्रहरी, वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरिएको थियो। निकुञ्जको टोली उद्धारका लागि पुगे पनि बघिनीले गाउँमा आतंक मच्चाउन सक्ने भन्दै बच्चालाई त्यहीँ छाडेर फर्किएको आरोप लागेको छ। बिहान जिउँदै देखिएको बाघको बच्चा साँझ मृत अवस्थामा फेला परेको थियो।
उनले भने, “उद्धार टोली बिहानै गएको थियो, तर उद्धार नगरी फर्कियो। यस्तो चिसो मौसममा हिलो र पानीमा फसेको बच्चालाई किन छाडियो भन्ने प्रश्न उठ्छ।” उनका अनुसार उद्धार गरेर बघिनी गएको दिशातर्फ जंगलमै छाड्न सकिन्थ्यो।
डिसीले यस विषयमा वन मन्त्रालय र संरक्षण फोरममा कुरा उठाउने चेतावनीस...
पौष १६
नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट पत्रकार खेम भण्डारीलाई उम्मेदवारका रूपमा सिफारिस गरेपछि सुदूरपश्चिमको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। लामो समयदेखि पत्रकारितामार्फत सार्वजनिक जीवनमा सक्रिय भण्डारीलाई कञ्चनपुर मात्र होइन, समग्र सुदूरपश्चिमकै एक भरोसायोग्य, सम्मानित र जनउत्तरदायी व्यक्तित्वका रूपमा हेरिँदै आएको छ।
पेशाले पत्रकार रहेका भण्डारी मानसखण्ड अनलाइन डटकम र महाकाली रेडियो का सञ्चालकसमेत हुन्। सत्य, निष्पक्षता र निर्भीकतामा आधारित पत्रकारितालाई आफ्नो मूल मूल्य बनाउँदै उनले वर्षौँदेखि आम नागरिकका आवाजलाई सशक्त रूपमा उठाउँदै आएका छन्। शक्तिको नजिक होइन, सधैं सत्य र जनपक्षीयतामा उभिने उनको स्पष्ट पहिचानले उनलाई जनविश्वासको प्रतीक बनाएको विश्लेषण गरिएको छ।...