श्रीमानको निधनको शोक नसकिँदै छोरा हराएपछि आमाको पीडा दोब्बर
कंचनपुर
बाजुरामा बस्दै आएकी बुदीदेबी लुहार केही महिनाअघि भारतमा चौकीदारी गर्दै आएका आफ्ना श्रीमान खड्केको निधनपछि शोकमा डुबेकी थिइन्। श्रीमानको निधनपछि गाउँमा बस्न कठिन भएपछि उनी मंसिर २० गते महेन्द्रनगर आएर आफ्ना छोराहरूसँग बस्न थालेकी हुन्।
भारतको दिल्लीमा रहेका श्रीमानको निधन कसरी भयो भन्नेबारे उनलाई अहिलेसम्म कुनै जानकारी छैन। निधनको खबर आउनु केही समयअघि मात्र श्रीमानसँग मोबाइलमा कुराकानी भएको र छोराहरूको खर्च पठाइदिन आग्रह गरेकी उनले बताइन्। खड्केले खर्च पठाएपछि केही समयमै निधनको खबर आएपछि आफू छाँगाबाट खसेझैँ भएको बुदीदेबीको भनाइ छ। निधनको कारण थाहा नपाउँदा मन बुझाउन नसकेको उनले बताइन्।
पति वियोगको पीडाले मन थाम्न नसकेपछि गाउँ छाडेर महेन्द्रनगर आएकी बुदीदेबीलाई फेरि अर्को बज्रपात पर्यो। उनका छोरा रमित अचानक हराएपछि उनी थप तनावमा परेकी छन्। श्रीमानको सम्झनाले अझै आँशु झारिरहेकी...





















