बर्ड फ्लु भित्रिन नदिन कञ्चनपुर जिल्ला प्रशासनले ग¥यो यस्तो निर्णय
महेन्द्रनगर– कञ्चनपुरसित सीमा जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा कुखुरामा लाग्ने बर्ड फ्लु महामारी देखिएपछि कञ्चनपुर जिल्ला प्रशासनले जिल्लामा त्रित्रिन नदिन विभिन्न उपाय अपनाएको छ । भारतीय सञ्चारमा माध्यममा सीमावर्ती क्षेत्र उद्यम सिह नगर र बागेश्वमा बर्ड फ्ल संक्रमण देखिएको पुष्टि भएका समाचार आएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयलाई यसबारे जानकारी गराएर नियन्त्रणका लागि पहलकदमी अघि बढाउन आग्रह गरेको थियो । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्ड फ्लु नियन्त्रण समिति रहेको हुन्छ ।
त्यसपछि मंगलबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेको बैठकले कञ्चनपुर जिल्ला उच्च जोखिममा भएको निष्कर्ष निकाल्दै सतर्कता अपनाउने लगायतका तिन ओटा महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकबा...





















